फागुन १७, २०७७ सोमबार


काठमाडौं
 चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ।धुर्मुस–सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गरेको हो।

तर, रंगशालाको प्यारापिटमा आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नु पर्नेछ।

फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो।फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ ।