असार ४, २०७८ शुक्रबार

एजेन्सी । १६औं संस्करणको युइएफए युरो कप २०२० फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अस्ट्रियामाथि २–० गोलको जित निकाल्दै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सस्थित जोहान क्रुफ एरिनामा घरेलु टोलीलाई जिताउन मेम्फिस डिपे र डेन्जल डम्फ्राइसले एक–एक गोल गरे । पहिलो हफमा १–० गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । 

खेलको ११औं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको मौका पाएको थियो, जसमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ६७औं मिनेटमा डम्फ्राइसले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० गोलको जित दिलाए । Netherlands vs Austria live: Euro 2020 result and reaction as Depay and  Dumfries seal win - The Athletic

उक्त जितसँगै नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि इटाली र बेल्जियम नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

समूह ‘सी’को नेदरल्यान्ड्सले दुवै खेलमा जित निकाल्दै ६ अङ्क जोडेको छ । यता पराजित अस्ट्रिया भने तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।