एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बिया र भेनेज्वलाले बराबरी खेलेका छन् । शुक्रबार बिहान भएको खेलमा कोलम्बिया र भेनेज्वलाले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।
ब्राजिलस्थित ओलम्पिको पेड्रो लुडोभिकोमा भएको खेलमा दुवै टोली निधारित समय भित्र गोल गर्न असफल भए । खेलको इन्ज्युरी समयमा कोलम्बिया १० खेलाडीमा सीमित बनेको थियो । कोलम्बियाका लुइस डियाजले रातो कार्ड पाएका थिए । 
उक्त बराबरीसँगै समूह ‘ए’को कोलम्बियाले २ खेलमा ४ अङ्क जोडेको छ । यसअघि कोलम्बियाले इक्वाडरलाई हराएको थियो । भेनेज्वालले १ अङ्क जोडेको छ । भेनेज्वला पहिलो खेलमा ब्राजिलसँग पराजित भएको थियो ।