असार ४, २०७८ शुक्रबार

भारतमा कोरोना संक्रमितको हरेक दिन मृत्यु हुने दरमा केही कमि आएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ८७ जना संक्रमितको मृत्यु भएको छ। यसअघि हरेक दिन ४ हजारको हाराहारीमा मृत्यु हुने गरेको थियो। यस्तै पछिल्लो २० घण्टाको अवधिमा ८८ हजार ९ सय ७७ जना संक्रमणमुक्त भएका छन्।

२४ घण्टामा नयाँ संक्रमित थपिनेको संख्या ६२ हजार ४ सय ८० छ। अहिलेसम्म भारतमा २ करोड ९७ लाख ६२ हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड ८५ लाख ८० हजार ६ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ लाख ८३ हजार ४ सय ९० जनाले ज्यान गुमाएका छन्।

अहिले भारतमा ७ लाख ९८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।