एजेन्सी : स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् ।
बार्टोमेउ अध्यक्ष भएका बेला उनले गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनिस प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्प नोउमा प्रवेश गरेको बताइएको छ ।
अदालतमा विचाराधीन उक्त मुद्दाको विषयमा थप सोधपुछका लागि बार्टोमेउलाई पक्राउ गरिएको आँकलन गरिएको छ । उनीसँगै क्लबका सिईओ र कानुनी अधिकृत पनि पक्राउ परेको स्पेनिस मिडियाले जनाएका छन् ।
बोर्टेमोउले गत वर्ष बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका थिए । कप्तान लियोनल मेस्सीसँग विवाद चुलिएपछि उनले बोर्डबाट राजीनामा दिएका हुन् ।