कात्तिक २३, २०८० बिहिबार

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७७ पैसा र बिक्री दर १६३ रुपैयाँ ५१ पैसामा झरेको छ।

हिजो पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो । युरो एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । 

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।