एजेन्सी । आधुनिक फुटबलका महान हस्ती एवम् इटालियन क्लब युभेन्टसका फरवार्ड तथा पोर्चुगलका ३६ बर्षका कप्तान क्रिस्टियानो रोनाल्डो सोसल मिडियामा निकै सक्रिय छन् । सामाजिक सञ्जालमा सर्वाधिक धेरै फलोवर्स भएका पहिलो व्यक्तिसमेत रहेका उनले यहाँबाट निकै राम्रो आम्दानी गर्छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा ३०० मिलियन फलोवर्स भएका रोनाल्डो पहिलो व्यक्ति बनेका छन् । विश्व खेल जगतमा उनको जत्तिको फलोवर्स अरू कसैको छैनन् । रोनाल्डोको सन् २०२० मा २० करोड फलोवर्स थिए । एक वर्षको अन्तरालमा उनका फलोवर्स बढेर ३० करोड पुगेको छ । खबरका अनुसार रोनाल्डोले युभेन्टसबाट आउने तबल भन्दा धेरै आम्दानी सोसल मिडियाबाट गर्छन् ।
