असार ४, २०७८ शुक्रबार

एजेन्सी।आयरल्यान्डका अलराण्ड क्रिकेटर केभिन ओ ब्राइनले एकदिवसीय क्रीकेटबाट सन्यास घोषणा गरेका छन् ।

१५३ एकदिवसीय खेलमा  ब्याटिङ गर्दै ३६१९ रन जोडेका छन उनको नाममा २ शतक र १८ अर्धशतक प्रहार गरेका छन्। त्यस्तै उनले ११४ विकेट समेत लिएका छन्। 


केभिन ओ ब्राइन एकदिवसीय विश्वकपमा कम बलमा शतक प्रहार गर्ने खेलाडी समेत रहेकाछन्।उनले २०११ को विश्वकपमा ईङ्ल्यान्डबिरुद्व ५० बलमै शतक प्रहार गरेका थिए।

केभिन ओ ब्राइनले सन् २०१९ मा नेपालको प्रतिष्ठित फ्रेन्चाईजी लिग एभरेस्ट प्रीमियर लिग(इपिएल) समेत खेलेका थिए।इपिएलमा ब्राइनले अल राउन्ड प्रदशन गरेका थिए।७ खेल खेलेका ब्राइनले १८४ रन जोडेका थिए।त्यस्तै बलिङतर्फ उनले ९ विकेट लिएका थिए।