असार ४, २०७८ शुक्रबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा स्विडेनले पहिलो जित निकालेको छ । 

सेन्ट पिटर्सबर्गमा शुक्रबार साँझ सम्पन्न भएको खेलमा स्विडेनले स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।    

स्विडेनको जितमा इमिल फोर्सबर्गले पेनाल्टी मार्फत गरेको १ मात्रै गोल नै स्विडेनको जितमा निर्णयक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

तर दोस्रो हाफको खेलको ७८औं मिनेटमा स्विडेनले पेनाल्टीको अवसर पायो । रबिन क्वेसनलाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षक मार्टिन डुब्राभ्काले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसमा फोर्सबर्गले सहज गोल गरेपछि खेलमा स्विडेनले जित निकाल्यो । 

उक्त जित सँगै स्विडेन समूह ई को शीर्ष स्थानमा उक्लिएको छ । उसको २ खेलबाट ४ अंक रहेको छ । यसअघि स्विडेन स्पेन सँग गोलरहित बराबरीमा रोकिएको थियो । यता पराजित स्लोभाकिया दोस्रो स्थानमा रहेको छ । उसको २ खेलबाट ३ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको स्पेनको १ अंक तथा पुराछरको पोल्यान्ड भने अंकविहन बनेको छ ।