कात्तिक २६, २०८० आइतबार

 काठमाडौँ, २६ कात्तिक : नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७ सय र तेजाबी सुन एक लाख १३ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार छापावाल सुन तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।