असार ५, २०७८ शनिबार

एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा चिलीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह बी को खेलमा चिलीले बोलिभियामाथि १–० गोलको जित निकालेको छ।

बोलिभियालामाथि चिलीलाई जिताउन बेन ब्रेरेटनले गरेको एक मात्रै गोल नै निर्णयक बन्यो । उनले पहिलो हाफको खेलको ११औं मिनेटमा गोल गरेका थिए । र बाँकी समय दुबै टोली बाट थप गोल हसन नसक्दा चिली १–० गोलले विजयी भयो । 

उक्त जितसँगै चिली समूह ‘बी’ को दास्रो स्थानमा रहेको छ  । चिलीले ४ अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ । समूह बी मा पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा समान ४ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ।