असार ५, २०७८ शनिबार

एजेन्सी । १६औं संस्करणको युरो कप २०२० मा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । शुक्रबार राति स्कटल्यान्डस्थित ग्लासग्लोमा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । पहिलो हाफको खेलको ३७औं मिनेटमा प्याट्रिक चेकले पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दास्रो हाफको खेलको ४७औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा फर्काए । त्यसपछि बाँकी समय थप गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा सकियो । 

उक्त बराबरीसँगै शीर्ष स्थानको चेक रिपब्लिकले दुई खेलमा चार अङ्क जोडेको छ । क्रोएसिया भने एक अङ्कसहित तेस्रो स्थानमा छ ।