एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा इंग्ल्याण्ड र स्कटल्यान्डले बराबरी खेलेका छन् । शुक्रबार राति वेम्ब्ली स्टेडियममा भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुबै टोलीले पाएको केही राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
उक्त बराबरीसँगै समूह ‘डी’को इंग्ल्याण्ड ४ अंक जोडेर दोस्रो स्थानमा छ भने एक अङ्क जोडेको स्कटल्यान्ड पुछारमा छ । यता शीर्ष स्थानमा रहेको चेक रिपब्लिकको पनि ४ अंक सँगै शीर्ष स्थानमा रहेको छ ।