फिलिपिन्समा आगामी भदौमा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले मात्र सहभागीता जनाउने भएका छन् ।
गत मंगलबारसम्म टिम दर्ता गराउने समय रहेकोमा १२ देशले नाम दर्ता गराउदा ५ देश प्रतियोगितामा सहभागी नरहने भएका हुन् ।कोरोना महामारीका कारण न्यूजिल्याण्ड, चीन, इन्डोनेशिया, श्रीलंका र भियतनामले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।
यो प्रतियोगिता चीनमा आयोजना गर्ने भनिए पनि चीनले आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा सारिएको हो ।
अगष्ट २९ देखि सेप्टेम्बर पाँचसम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला भलिबल टिमले तयारी भने शुरु गरिसकेको छ । त्यसका लागि नेपाल भलिबल संघले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ।
प्रतियोगितामा निम्म टिमहरु समावेश रहनेछन्
फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान र हङकङ