एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स र हंगेरी बराबरी खेलेका छन् ।
आज शनिबार साँझ सम्पन्न भएको खेलमा घरेलु टोली हंगेरी र पाहुना टोली फ्रान्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
पहिलो हाफमा १-० गोलले पछि परेको फ्रान्सले दोसो हाफमा गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा फर्काएको हो ।
पहिलो हाफको खेलको अतिरिक्त समयमा घरेलु टोली हंगेरीका लागि एटिला फियोलाले गोल गरि खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको खेलको ६६औं मिनेटमा फ्रान्सका लागि ग्रीजम्यानले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए । तुल्याउन रुपमा पाहुना टोली फ्रान्सले केही सुनौलो अवसर पाउँदा उक्त अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडनु परेको हो ।
उक्त बराबरी सँगै फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ । उसको २ खेलबाट ४ अंक रहेको छ । यता हंगेरीको समान खेलबाट पहिलो एक अंक जोडेको छ ।