काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी थालिएको छ। निषेधाज्ञालाई थप केही खुकुलो पारेर एक साता थप्ने तयारी भएको बताइएको छ।
निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति ९डिसीसीएमसी०को बैठक बस्दै छ। डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ।
कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति ९सीसीएमसी०लाई छ। तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन।
निषेधाज्ञालाई थप खुकुलो बनाउन भने असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल खुलाउने तयारी गरिएको छ। ग्राहकलाई बसेर खान नदिने सर्तमा खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको बताइएको छ।
सवारीसाधनमा जोर(विजोर नियम लागूसमेत हुनसक्ने बताइएको छ।