असार ५, २०७८ शनिबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता साविकको विजेता पोर्चुगल पराजित भएको छ । 

शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनी सँग पाहुना टोली पोर्चुगल ४-२ गोल अन्तरले पराजित भएको हो । 

घरेलु टोली जर्मनीको जितमा काई हावर्ड्ज र रोबिन गोसेन्सले समान १/१ गोल गर्दा जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय डिफेन्स रुबेन डियाज र राफेल गुरेरोले आत्मघाती गोल गरेका थिए । यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गर्दा डिएगो जोटाले रोनाल्डोको पासमा १ गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने पाहुना पोर्चुगलले बनाएको थियो । पोर्चुगलका कप्तान रोनाल्डोले खेलको १५औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर उक्त अग्रता पोर्चुगलले धेरै समय टिकाउन सकेन ।

त्यस्तै खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

त्यस्तै दोस्रो हाफको खेलको ५१औं र ६०औं मिनेटमा जर्मनीले लगातार गोल गर्दै घरेलु टोली जर्मनीले खेलमा ४-१ गोलको अग्रता बनायो । त्यस्तै खेलको ६७औं मिनेटमा पोर्चुगलका जोटाले गोल गरि पोर्चुगलाई खेलमा फर्काउने प्रयास गरेका थिए । 

तर बाँकी समय थप गोल नहुदा पोर्चुगल पराजित भएको हो । उक्त जित सँगै जर्मनीले खेलमा ४-२ गोल सँगै पहिलो जित निकालेको हो । यता पोर्चुगलले पहिलो हार ब्यहोरेको छ । जर्मनीले महत्त्वपूर्ण ३ अंक बनाउँदै दोस्रो स्थानमा बनाएको छ । यता पराजित पोर्चुगल भने दोस्रो स्थानमा झरेको छ ।