काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । निषेधाज्ञालाई केही खुकुलो पारी थप एक सातादेखि दस दिन सम्म थप्ने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
यो अनौपचारिक छलफल भएकाले मोडालिटीका बारेमा थप निर्णय लिन आज तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने उनले बताए ।
कोरोना संक्रमणदरमा केही कमी आएकाले जनजिवनलाई सहज बनाउने गरी निषेधाज्ञा थप्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।