फागुन १८, २०७७ मंगलबार

एजेन्सी

एजेन्सी : भारतमा जारी हिरो आइ लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले नेरोकामाथि १-० को साँघुरो जित निकालेको छ ।

पश्चिम बंगाल स्थित कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबका लागि ६५औं मिनटमा पापा डायवराले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । उक्त नेरोकाबाट अर्का नेपाली फुटबलर प्रकाश बुढाथोकीले खेलेका थिए । यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका किरण खेलको म्यान अफ दि म्याच समेत चुनिए । 

उक्त जितसँगै १० खेलबाट १८ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । उता पराजित नेरोका भने ८ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।