असार ६, २०७८ आइतबार

एजेन्सी । स्पेनिस ला लिगा फुबटल क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोनका कप्तान मेम्फिस डिपेलाई अनुबन्ध गरेको छ । 

शनिबार २७ वर्षीय डच विंगर डिपेलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । डिपेले बार्सिलोनासँग २०२३ को अन्तिम सम्म क्लबमा बस्ने गरी सम्झौता गरेका छन् । डिपे र लियोनबीचको सम्झौता यसै सिजनको अन्तिमबाट सकिएको थियो ।

डिपे सन् २०१७ मा म्यानचेस्टर युनाइटेडबाट फ्रेन्च क्लब गएका थिए । त्यहाँ उनले १ सय ७८ खेलमा ७६ गोल र ५५ असिस्ट गरेका छन् ।