असार ६, २०७८ आइतबार

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

6.jpg