असार ६, २०७८ आइतबार

काठमाडौं । आगामी भाद्र महिनामा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणका लागि प्रारम्भिक छनोटमा परेका खेलाडिहरु प्रशिक्षणमा व्यस्त छन् ।

त्रिपुरेश्वरस्तिथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा असार १ गतेदेखी जारी राष्ट्रिय टिमको प्रशिक्षणमा ३० खेलाडीलाई प्रशिक्षणका लागि बोलाईएको भए पनि विभागिय टोली नेपाल पुलिस क्लबले आफ्ना ३ जना खेलाडीहरुलाई भने बन्द प्रशिक्षणका लागि स्विकृति दिएको छैन। ति तीन खेलाडीमा राष्ट्रिय टिमकी सदस्य समेत रहेकी पुनम चन्द, शान्तिकला तामाङ र कामना विष्ट रहेकी छिन् ।

यि तीन जना खेलाडी अहिले नेपाल पुलिसको अधारभूत तालिममा रहेको र तालिम अन्तिम चरणमा पुगेकोले उनीहरुलाई बन्द प्रक्षिणमा पठाउन नसकिएको क्लबले जनाएको छ ।

नेपाल भलिबल संघ (एनभीए) ले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिख अर्थात् भाद्र १३ गते देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने लागि ३० खेलाडीलाई बोलाएको थियो ।

एसियन च्याम्पियनसिपमा नेपालको यो नै पहिलो सहभागिता रहने छ। प्रतियोगिताम् नेपालसहित १२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने छन्।