असार ६, २०७८ आइतबार

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्ध गोल गर्दै अर्को कीर्तिमान बराबरी गरे छन् । 

शनिबार राति भएको खेलमा रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै रोनाल्डो जर्मनीविरुद्ध आफ्नो खेल करिअर पहिलो गोल पनि गरेका छन् ।

रोनाल्डोले गरेको उक्त गोलसँगै विश्वकप र युरो कपमा जोडेर सर्वाधिक गोल गर्ने कीर्तिमानलाई रोनाल्डोले बराबरी गरेका हुन् । जर्मनीका मिरोस्लाभ क्लोसले दुई शीर्ष प्रतियोगितामा हालसम्म कूल १९ गोल गरेका थिए । त्यस्तै रोनाल्डोले पनि दुई वटा प्रतियोगितामा आफ्नो गोल संख्या १९ पुर्याएका छन् । रोनाल्डो युरो कप फुटबल प्रतियोगितामा हालसम्म १२ गोल गर्दा विश्वकपमा ७ गोल गरेका छन् ।

यता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोलको कीर्तिमानबाट मात्र २ गोल टाढा रहेका छन् । हाल ३६ वर्षीय रोनाल्डोले १०७ गोल गरि सकेका छन् । भने उनि इरानका अली दाइको सर्वाधिक १०९ गोल भन्दा मात्रै २ गोलले टाढा रहेका छन् । सम्भवतः रोनाल्डो अलि दाईको रेकर्ड यही युरो कप फुटबल प्रतियोगितामा तोड्ने छन् ।  

समूह एफमा रहेको पोर्चुगल हिजो शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीसँगै ४-२ गोल अन्तरले पराजित भएको थियो । उक्त हार सँगै पोर्चुगल तेस्रो स्थानमा रहेको छ । समान अंक भएपनि जर्मनी दोस्रो स्थानमा रहेको छ । अब पोर्चुगलले आफ्नो अन्तिम खेल फ्रान्स सँग र जर्मनीले हंगेरी सँग खेल्नेछ । उक्त दुबै खेल २४ जुलाईमा हुनेछ । नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।