काठमाण्डौ। आगामी भाद्र १३ देखि २० गते सम्म फिलिपिन्सको सान फेर्यनन्डो सहरमा आयोजना हुन गईरहेको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागीता जनाउने हेतु नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण गत असार १ गतेबाट त्रिपुरेश्वरमा जारी रहेको छ।

केही नया र केही पुराना अनुहारका बिच जारी प्रशिक्षणमा आईतबारबाट मुख्य प्रशिक्षक जगदिश भट्ट समेत टिमसॅंग जोडिएका छन्।

निषेधाज्ञाका कारण गृह जिल्लामा रोकिएका भट्टको अनुपस्थितिमा सहायक प्रशिक्षक कुमार राईले टिमको प्रशिक्षण गराई रहेका थिए।