असार ७, २०७८ सोमबार

 

 काठमाण्डौ।  आगामी भाद्र १३ देखि २० गते सम्म फिलिपिन्सको सान फेर्यनन्डो सहरमा आयोजना हुन गईरहेको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागीता जनाउने हेतु नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण गत असार १ गतेबाट त्रिपुरेश्वरमा जारी रहेको छ।

केही नया र केही पुराना अनुहारका बिच जारी प्रशिक्षणमा आईतबारबाट मुख्य प्रशिक्षक जगदिश भट्ट समेत टिमसॅंग जोडिएका छन्।

यस प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको नेपालसॅंगै यस प्रतियोगितामा १२ राष्ट्र सहभागी रहेका छन्। 

यस संस्करणको प्रतियोगितामा निम्म टिमहरु समावेश रहनेछन्

फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान र हङकङ


सन् १९७५ अस्ट्रेलियाको मेलबर्नमा सुरु यस च्याम्पियनसिपको सर्वाधिक उपाधी बिजेता टोलीमा छिमेकी मुलुक चीन रहेकोमा उसले २० संस्करण पुरा हुदा सम्म १३ पटक उपाधी चुमेको छ। 

सन् २०१९ मा पछिल्लो संस्करण दक्षिण कोरियाको सोलमा आयोजना भएकोमा थाईल्याण्डलाई ३-१को सेटमा पराजित गरि जापान बिजेता बनेको थियो। 

यस प्रतियोगिता सर्वाधिक ५ पटक थाईल्याण्डले आयोजना गरेकोमा आगामी २१ औं संस्करणको आयोजना गर्न लागेको फिलिपिन्सको भने यो तेस्रो आयोजना हो। 

यस प्रतियोगिताको ईतिहासमा २०१९ को संस्करण सम्ममा २४ वटा राष्ट्रले सहभागीता जनाए पनि ३ राष्ट्रले मात्र उपाधी जित्न सफल भएका छन्। 

यस संस्करणको प्रतियोगिता चीनमा आयोजना गर्ने भनिए पनि चीनले आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा सारिएको हो ।