असार ७, २०७८ सोमबार

काठमाण्डौ। नेपाली क्रिकेट टिमको जर्सीका लागि नेपाल क्रिकेट संघ(क्यान)ले गरेको खुला डिजाईनको विज्ञापनमा ५०० भन्दा बढी डिजाईन क्यानलाई प्राप्त भएको र त्यस मध्यबाट उत्कृष्ट एक छनोट गर्नको लागि क्यानले ४ सदस्यिय कार्यदल बनाएको छ। 

गत साता नया जर्सीका लागि खुला आह्वान गरेको क्यानले मापदण्ड पुरा गरेको उत्कृष्ट डिजाईन पेश गर्न आह्वान गरेको थियो। 

उत्कृष्ट डिजाईन छनोट गर्न क्यानले बनाएको छनोट समितीमा क्यान म्यानेजिङ डिरेक्टर विनोद दास,क्यानका जनरल म्यानेजर रौनक मल्ल,क्यानका केन्द्रीय सदस्य छुम्बी लामा तथा एड प्याडका एक प्रतिनिधी रहेका छन्।