असार ७, २०७८ सोमबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ का २/२खेलहरु हुदैछ ।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले आज नर्थ म्यासेडोनियाको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार आज राति ९:४५ बजेदेखि सुरु हुनेछ । नेदरल्यान्ड्स यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

त्यस्तै समूह ‘सी’ को अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि सुरु हुनेछ । आज दुबै टिम जीत निकाल्दै अघिल्लो चरणमा पुग्न चाहन्छन् । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ भने अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै आज समूह ‘बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्दैछ। यसयस खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ । बेल्जियम यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । २ खेल जितेको बेल्जियमले ६ अंक जोडेको थियो । यता फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै  समूह बी’ को अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ । रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ भने । डेनमार्क २ खेलबाट अंकविहिन हुँदै पुछारमा रहेको छ ।