काठमाण्डौ। युएईमा जारी छैठौ संस्करणको पाकीस्तान सुपर लिग(पिएसएल)मा मुल्तान सुल्तान फाईनल प्रवेश गरेको छ।

गयराती सम्पन्न खेलमा ईस्लामाबाद युनाईटेटलाई ३१ रनले पराजित गर्दै मुल्तानले फाईनलमा स्थान निश्चित गरेको हो।
क्वालिफायरको पहिलो खेलमा टस जितेको मुल्तानले ब्याटिङको निर्णय लिएकोमा पुरा २० ओभर खेल्दै उसले ५ विकेटको नोक्सानीमा १८० रन बनाएको थियो।
उसका लागि सोयब मक्सुदले ५९ रनको ईनिङ खेल्दा कुल्सदिन शाह र जोनसन चाल्सले क्रमश:४२ र ४१ रन जोड्दा ईस्लामाबादका फईम अस्रफ र सादाब खानले समान २/२ विकेट हात पारे।
१८१ रनको लक्ष्य पछ्याएको ईस्लामाबादले १९ ओभरमा अल आउट हुदै १४९ रन मात्र जोड्न सक्यो।

ईस्लामाबादले फाईनल प्रवेशका लागि ईलिमेटरको दोस्रो खेलमा आज पेसावर जाल्मीसॅंग खेल्दै छ। पेशावर हिजो नै भएको ईलिमेटर पहिलो खेलमा कराची किग्सलाई ५ विकेटले पराजित गर्दै फाईनलको दौडमा रहेको हो।