काठमाण्डौ। आइसीसी विश्वकप लिग टु अन्तर्गन नेपाल, स्कटल्याण्ड र नामिबियाबिचको त्रिकोणात्मक शृखंलाको मिति सार्वजनिक भएको छ। आगामी महिनाको जुलाईको २० बाट सुरु हुने सो शृखंला ३० तारिखसम्म हुने भएको छ ।
स्पेनको अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने एकदिवसिय अन्तराष्ट्रिय शृखंला सो मैदानमा आयोजना हुन लागेको पहिलो एकदिवसिय अन्तराष्ट्रिय शृखंला हुनेछ ।
प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी रहेको छ । नेपालले करिव १८ महिनापछि लिग टु को शृखंला खेल्न लागेको हो ।नेपालले लिग टु मा चार खेल मात्र खेलेको छ
यो शृखंलाका लागि नेपाली टिमले आजबाट प्रशिक्षण सुरु गर्दैछ । नेपालले अन्तिम पटक घरेलु मैदानमा ओमान र अमेरीकासँग शृखंला खेलेको थियो । त्यसपछि ओमानमा हुने भनिएको शृखंला कोभिडका कारण स्थगित भएको थियो । यस अघि यो शृखंला पनि स्कटल्याण्डमा हुने तय भए तापनि कोरोनाका कारण स्पेनमा सारिएको थियो
यस शृखंलाका लागि नेपाली टिमले २० खेलाडी प्रशिक्षणमा बोलाएकोमा पृथु बास्कोटाले भने नाम फिर्ता लिएका छन । जसका कारण १९ खेलाडी क्याम्पमा रहेका छन । उनको स्थानमा अर्को खेलाडीको टुंगो लगाउन बाँकी रहेको छ ।
बन्द प्रशिक्षणका लागि बोलाईएका खेलाडी
ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, विक्रम सोब, पवन सरार्फ, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल