फागुन १८, २०७७ मंगलबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले साघुँरो जित निकालेको छ । 

मंगलबार बिहान सम्पन्न भएको खेलमा एभर्टनले साउथह्याम्पटनमाथि १-० गोलको जित दर्ता गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जिताउन रिचार्लिसनले निर्णायक गोल गरे । खेलको नवौँ मिनेटमा उनले गरेको गोल नै एभर्टनको जितमा निर्णायक बन्यो ।

उक्त जितसँगै सातौँ स्थानको एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ । साउथह्याम्पटन भने ३० अंकका साथ १४औँ स्थानमा छ ।