असार ८, २०७८ मंगलबार

काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा चिली र उरुग्वे बराबरी खेलेका छन् । गएराति भएको समूह ‘ए’ को खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलका हुन् ।

चिलीले आत्मघाती गोल गर्दा उरुग्वे बराबरीमा रोकिन बाध्य भयो । खेलको २६औं मिनेटमा इडिउरो भार्गासले गोल गर्दै चिलीलाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको खेलको ६६ मिनेटमा चिलीले आत्मघाती गोल गर्दा उरुग्वे खेलमा फर्कियो । चिलीका भिडालले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

उक्त बराबरी खेलेको चिलीले अपराजित छ। चिलीले ३ खेलबाट ५ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको उरुग्वेले समूहमा पहिलो अंक जोड्न सफल भएको छ।