काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बिहान सम्पन्न भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । उनले खेलको १०औं मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।
उक्त जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । यता पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।
अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग बराबरी खेल्दा दोस्रो खेलमा उरुग्वेलाई पराजित गरेको थियो।