काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलहा अलमुताइरीले मंगलबार प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेका छन् ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाली टोलीले आगामी जुलाई १ (असार १७) गते बाट प्रशिक्षण सुरु गर्नेछ । एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणमा सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरेर हरेक दिन बिहान १० बजे बेलुका ४ बजे गरिने एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका ५० खेलाडीको नामावली यस प्रकारको छ ।
अर्पन कार्की, बिकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार , दीप कार्की , किरण कुमार लिम्बू , आशीष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ , अञ्जन बिष्ट, अरिक बिष्ट, आयुष घलान, भरत खवास, बिबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनीष डांगी, मिक्चन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजिन तामा, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमल, राजीव लोपचन, रणदीप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, संतोष तामा,, सेशेहांग अंगदेम्बे, शिशिर लेखी, सुदिल राई , सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सूरज जेउ ठकुरी तेज तामाङ, त्रिदेव गुरुङ