असार ८, २०७८ मंगलबार

फाइल फोटो

काठमाडौं,८ असार । नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९० हजार ४०० कायम गरिएको थियो ।

तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ । दुई दिनदेखि चाँदीको भाउ पनि निरन्तर बढेको छ । चाँदीको भाउ पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ ।