असार ८, २०७८ मंगलबार

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा आजदेखि संचालन हुँदैछ । यातायात व्यवस्था कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कोरोनाका कारण रोकिएको सेवा आजदेखि पुनः संचालन गर्न लागिएको जनाएको छ ।

आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।