असार ८, २०७८ मंगलबार

काठमाण्डौ।  साउन ५ देखि १५ गते सम्म स्पेनमा हुने तय भएको आइसीसी विश्वकप क्रिकेट लिग टु मा नेपाल ,नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंलाका लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।

कीर्तिपुर स्थति टियु मैदानमा नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा १९ खेलाडीको मात्र सहभागिता रहेको छ ।


बन्द प्रशिक्षणका लागि बोलाईएका पृथु बास्कोटाले भने बन्द प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएपछि उनी टिममा रहेका छैनन् । 


नेपालले केहि दिन घरेलु भूमीमा प्रशिक्षण गरेर बैदेशिक प्रशिक्षणका लागि जाने तयारी छ तर कुन मुलुकमा जाने भन्ने एकिन टुगों अझै लागिसकेको छैन ।

सन् २०२३ को विश्वकप छनौटका आधार रहेको यो प्रतियोगिताको शिर्ष तीनमा रहन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्न पाउनेछ ।