असार ८, २०७८ मंगलबार

शेयर बजार परिसुचक नेप्सेमा लगातार गिरावटपछि मंगलबार भारी अंकले बढेको छ।

नेप्सेसहित सम्पूर्ण समूहका सूचकहरु सुधार भएका छन्। नेप्से ७८.७ अंक बढेर २ हजार ९ सय १३  दशमलब १ विन्दुमा पुगेको छ। यसअघि आइतबार र सोमबार दुई दिनमा नेप्से एक सय ३४ अंकले घटेको थियो।

मंगलबार सबै समूहका सूचकहरुमा हरियाली छ। विकास बैंक, फाइनान्स  र जलविधुत्  समूहको सुचक समान ५ प्रतिशतभन्दा बढीले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार एक लाख १२ हजार ५० कारोबार भएकामा १० अर्ब, २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँ बराबरको एक करोड ९७ लाख ७० हजार ६ सय ७८ कित्ता सेयर खरिदविक्री भएको छ। मंगलबार ३२ वटा कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।