काठमाण्डौ। संयुक्त अरब ईमिरेट्स(युएई)मा जारी छैठौं संस्करणको पाकिस्तान सुपर लिग(पिएसएल)को उपाधीका लागि भिड्ने दुई टोलीको टुगों लागेको छ। गय राती सम्पन्न ईलिमेटरको दोस्रो खेलमा पेशावर जाल्मी विजयी भए पश्चात फाईनल समिकरण तयार भएको हो।
गत सोमबार नै ईस्लामाबादलाई पराजित गर्दै मुल्तान सुल्तान पहिलो पटक फाईनल पुगेको थियो।
गय राती सम्पन्न खेलमा पेशावरले टस जितेर बलिङ रोजेकोमा ईस्लामाबादलाई पुरा २० ओभर ९ विकेटको क्षतिमा १७४ रनमा रोक्न सफल भयो।ईस्लामाबादका लागि तल्लो क्रममा ब्याटिङमा आएका हसन अलि ४५ रनको सर्वाधिक ठुलो पारी खेल्दा कोलिन मुन्रोले ४४ रन बनाउदा अन्य ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन देखाउन सकेनन्। पेशावरका लागि वाहाव रियाज तथा उमिद आसिफले २/२ विकेट लिदा मोहम्मद ईफ्रान , मोहम्मद ईम्रान तथा अमद बटले समान १/१ विकेट लिए।
१७५ रनको लक्ष्य पेशावरले १६.५ ओभरमा २ विकेट गुमाएर भेट्न सफल भयो। पेशावरका लागि हर्जतुल्लाह जाजयीले ६६ रन बनाउदा जोनाथन वेल्सले अविजित ५५ रन बनाए। ईस्लामाबादका लागि हसन अलि र मोहम्मद वासिम जुनियरले समान १/१ विकेट हात पारे।
अब पेशावर तथा मुल्तान बिचको फाईनल खेल बिहिबार हुनेछ।