सुनको मूल्य प्रतितोला ३ सय रुपियाँले घटेको छ । मंगलबार प्रतितोला ६०० रुपियाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपियाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो ।
गत मंगलबार प्रतितोला ६०० रुपियाँले बढेर सुन ९१ हजार रुपियाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपियाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपियाँले गिरावट आउदै एक हजार २९५ रुपियाँ कारोबार भएको महासंघले जनाएको छ ।