प्रतिनिधिसभा विघटन सम्बन्धमा परेको रिटमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका विषयमा शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सुनुवाइ सुरु भएको हो ।
आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।आज रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस सुरु गर्दै छन् । रिट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय उपलब्ध गराइनेछ ।