नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार फेरि २८ सय अङ्कमा आइपुगेको छ । आज एकैदिन परिसूचक ५३.८८ अङ्कले घट्दा बजार २८ सय ५९ अङ्कमा आइपुगेको हो ।
परिसूचक घट्दा बजारको कारोबार रकम पनि घटेर जम्मा ८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यस्तै आज एक करोड ९४ लाख कित्ता सेयर किनबेच भएको छ।