असार ९, २०७८ बुधबार

खेतमा धान रोप्दै विप्लव

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लवको केन्द्रीय कार्यालयले कपिलवस्तुको, शिवराज नगरपालिका ९ शिवगढीमा करिब दुई बिघा क्षेत्रफल जग्गामा धान रोपाइँ सुरु गरेपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित पार्टीका कार्यकर्ताको सहभागितामा धान रोपाइँ सुरु भएको छ । पार्टीका सबै तहका नेता कार्यकर्ताहरू एकल, सामूहिक वा संस्थागत ढङ्गले अनिवार्य उत्पादनमा जोडिने नीतिअन्तर्गत महासचिव विप्लव पनि खेतीपातीमा सहभागी भएको एक नेताले बताए ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि केही दिन मात्र काठमाडौँमा बसेका विप्लव हाल गाउँमै सामान्य दिनचर्या बिताइरहेका छन् । पछिल्लो समय उनी गृह जिल्ला कपिलवस्तुमा छन् ।