असार १०, २०७८ बिहिबार

एजेन्सी। २०१९ देखि २०२२ सम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणको च्याम्पियन न्युजिल्याण्ड भएको छ। 

गय राती सम्पन्न फाईनल खेलको छैठौ तथा अन्तिम दिन भारतिय टिमलाई ८ विकेटको फराकिलो हार चखाउदै न्युजिल्याण्डले उपाधी जितेको हो। 

अन्तिम दिन भारतबाट १३७ रनको लक्ष्य पाएको न्युजिल्याण्डले कप्तान केन विलियम्सको अर्ध शतकिय ईनिङको मद्दतले सो लक्ष्य सहजै भेट्दा न्युजिल्याण्डका रोज टेलरको ४७ रनको योगदान पनि महत्वपुर्ण रह्यो। 

न्युजिल्याण्ड तेस्रो पल्ट आईसिसिको ठुला प्रतियोगिताको फाईनल पुगेकोमा यस पटक भने च्याम्पियन बन्न सफल भयो।