काठमाण्डौ। पाहुना टोली श्रीलंका विरुद्घको तिन खेल टि ट्वान्टी शृखंलामा आज बिहान सम्पन्न पहिलो खेलमा घरेलु टोलीले जित दर्ता गरेको छ।
टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो। उसका लागि धसुन सनकाले अर्धशतकिय पारि खेले तापनि टिमलाई राम्रो योगफल तर्फ पुऱ्याउन सकेनन्। कप्तान कुशल परेराले ३० तथा ओपनर धनुषा गुडतिलकेले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। इंग्ल्याण्डका लागि भने साम करन तथा आदिल रसिदले समान २/२ र मार्क वड,लियम लिविग्स्टोन तथा क्रिस जोर्डनले समान १/१ विकेट लिए ।
१३० रनको लक्ष्य इंग्ल्याण्डले १७.१ ओभरमा २ विकेटको क्षतिमा भेट्न सफल रह्यो। उसका लागि ओपनर ब्याट्म्यान जोस बटलरले ६६ रनको अविजित पारी खेल्दा जेसन रोयले ३६ रन जोडे।
यि दुई टिम बिचको दोस्रो चि ट्वान्टी बिहिबार राती हुदै छ।