काठमाण्डौ । नेपाली घरेलु फ्रेन्चाईज क्रिकेटको सबैभन्दा उत्कृष्ट प्रतियोगितामा गनिने एभरेस्ट प्रिमियर लिग(ईपिएल)को टोली मध्यको एक टोली काठमाण्डौ किंग्स ११ ले मुख्य प्रशिक्षक पदका लागि खुला विज्ञापन गरेको छ।

आवेदन दिनको लागि आवेदकले आईसीसी, एसीसी अथवा क्रिकेट अस्ट्रेलियाको लेभल-२ कोर्स उतिर्ण गरेको हुनुपर्नेछ। यस्ता दुई वर्ष स्तरीय फ़्रेन्चाइज् वा अन्तर्राष्ट्रिय लिगमा प्रशिक्षण अनुभव भएको हुनुपर्नेछ।यस्तै प्रथम श्रेणी वा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेको तथा सकभर ५० वर्ष उमेर ननाघेको नेपाली नागरिकलाई बढी महत्व दिने फ़्रेन्चाइज्ले बताएको छ।आवेदकले आफ्नो आवेदन @kathmanukingsxi.com मा मेल गर्न सक्नेछन्।

आवेदक मध्यबाट एक स्तरिय प्रशिक्षक छानी टिमलाई अन्तराष्ट्रिय स्तरको बनाउने व्यवस्थापनको लक्ष्य रहेको छ।