काठमाण्डौ। आईसिसि विश्वकप लिग २ अन्तर्गत आगामी महिना स्पेनमा हुने तय नेपाल,नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज फेरी स्थगित भएको छ।
कोरोनाका कारण स्कटल्याण्डबाट स्पेन सारिएको सो सिरिज नामिबियामा पछिल्लो समय बढ्दै गएको कोरोना महामरी तथा त्यहा लगाईएको यात्रा प्रतिबन्धलाई हेर्दै अहिलेका लागि सिरिज रोकिएको आईसिसिले जनाएको छ।
यस सिरिजका लागि नेपाली टोलीको बन्द प्रशिक्षण जारी रहेको छ।