असार १०, २०७८ बिहिबार

एजेन्सी । आधुनिक फुटबलका महान हस्ती एवम् पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तमानसँग बराबरी गरेका छन् । बिहिवार बिहान सम्पन्र भएको युरो कप २०२० अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गरेसँगै ३६ वर्षीय रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ता अली दाईको कीर्तिमानसँग बराबरी गरेका हुन् । 

रोनाल्डोले पहिलो हाफको खेलको ३०औं मिनेट र दोस्रो हाफको ६०औं मिनेटमा गोल गरी पोर्चुगललाई खेलमा २-२ गोलको अबस्थामा पुर्याएका थिए । यो सँगै रोनाल्डोले पोर्चुगलका लागि सन् २००३ देखि २०२१ सम्म आईपुग्दा १ सय ७८ खेलमा १ सय ९औं  गोल गरेका छन् । यससँगै दाईको १ सय ९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले कीर्तिमानी १ सय ९ गोल गरेका थिए  । Euro 2020 data dive: Ronaldo sets scoring record as Benzema ends France  drought

उक्त खेल २-२ गोलको बराबरी सकिए सँगै यस समूह एफ बाट फ्रान्स समूह बिजेता , जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो हुदै अन्तिमा १६ मा प्रवेश गरेको छ । फ्रान्सले स्विजरल्याण्ड, जर्मनीले इंग्ल्याण्ड र पोर्चुगलले बेल्जियम सँग प्रतिस्प्रधा गर्नछ ।