असार १०, २०७८ बिहिबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।

बिहीबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, अधिवक्ता डा. दिनमणि पोखरेल, वरिष्ठ अधिवक्ता तुलसी भट्ट, बोर्णबहादुर कार्कीलगायतले बहस गर्दैछन् । काँग्रेस सभापति शेर बहादुर देउवासहितका १ सय ४६ सांसदहरूका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस सुरु गरेका छन् ।

अब, रिट निवेदकतर्फका कानुन व्यवसायीले ८ घण्टा शुरुवाती बहस गर्न पाउनेछन् । सर्वोच्चले शुक्रबारसम्ममा बहस सक्नेगरी तयारी गरेको जनाइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।