असार १०, २०७८ बिहिबार

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकामा आज तोलामा दुई सयले घटेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।