एजेन्सी : आधुनिक समयमा सामाजिक सन्जालका विभिन्न स्वरुपअनुसार व्यक्तिको प्रख्यातीको मुल्याङ्कन गरिएको पाईन्छ । विभिन्न खेलका खेलाडीहरुको सामाजिक संजालका विषयहरु समय समयमा चर्चामा आउने गर्दछन् ।
जसमा हालै भातिय राष्ट्रिय क्रिकेट कप्तान विराट कोहलीको इन्स्टाग्राममा १०० मिलियन फलोअर्स पुगे पश्चात विश्वका धेरै फलोअर्स भएका खेलाडीहरुको चर्चा सुरु भएको छ ।
इन्स्टाग्राममा धेरै फलोअर्स भएका ४ खेलाडीहरुको सुची यसप्रकारको रहेको छ
१) क्रिटियानो रोनाल्डो

आधुनिक फुटबलका महानहस्ति एवम् युभेन्टसका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक धेरै इन्स्टाग्राममा फलोअर्स भएका पहिलो व्यक्ति हुन । उनको फलाअर्स संख्या २६६ मिलियन रहेको छ ।
२) लियोनल मेसी

स्पेनिस फुटबल क्लब बार्सीलोनाका अर्जेन्टिनी सुरपस्टार लियोनल मेस्सी इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएको व्यक्तिमा दोस्रो स्थानमा रहेका छन् । उनको १८७ मिलियन फलोअर्स रहेका छन् ।
३) नेयमार जुनियर

पिएसजीका ब्राजीलियन स्टार फरवार्ड नेयमार यस सुचीमा तेस्रो स्थानमा रहेका छन् । उनको साथमा १४७ मिलियन फलोअर्स रहेका छन् ।
४) विराट कोहोली

यस सुचीमा रहेका फुटबल खेलाडी बाहेक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहोली रहेका छन् । उनको फलोअर्स संख्या १०० मिलियन रहेको छ । उनी इन्स्टाग्राममा १०० मिलियन फलोअर्स पाउने पहिलो क्रिकेटर बनेका छन । कोहोली मैदान भित्र मात्रै नभइ मैदान बाहिर पनि उत्तिकै चर्चित रहेका छन ।